प्रचण्ड-माधव एकताबारे ओली भन्छन्- कुनै अर्थ छैन

प्रचण्ड-माधव एकताबारे ओली भन्छन्- कुनै अर्थ छैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद भंग गरेको आरोप लगाएका छन्। बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहोर्‍याउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए।

उनले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको बताए। ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जनेजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले 'ड्रामा' गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पारे।

निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका विषयमा अदालतले गरेको आदेशसमेत प्रधानमन्त्रीले उलंघन गरेको आरोप लगाए। राजनीतिक दलका नेताहरूको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको उनको भनाइ छ।

अदालतमा आगो लगाउनेहरूबाट बनेको सरकारले निरन्तररूपमा असंवैधानिक कार्य गरिरहेको उनले बताए। ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताए। झलनाथ खनाल आफूसँग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताए। बुधबार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरूले नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.