प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

वीरेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। लागुअ‍ैषध मुद्दाचमा ७८ दिनदेखि हिरासतमा रहेका थुनुवा वीरेन्द्रनगर नगरपालिका वडा नं ११ पिपिराका ३५ वर्षीया गंगे सुनारको गएराति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख डीएसपी मोहनजंग बुढा थापाका अनुसार उनी सुतेको ओछ्यानमै शुक्रबार बिहान बेहोस भएको अवस्थामा फेला परेका थिए। प्रदेश अस्पताल पुर्‍याउँदा डाक्टरहरूले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। 

पीडित परिवारले प्रहरीको कुटपिटबाट गंगे सुनारको मृत्यु भएको आरोप लगाएका छन्। उनको परिवारले बिहीबार साँझ ७ बजे कुराकान भएको र त्यसबेला कुनै समस्याका विषयमा पनि नबताएको दाबी गरेका छन्। गंगेको मृत्यु शंकास्पद् रहेको भन्दै परिवारका सदस्यहरूले छानबिन गर्न माग गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.