मर्नैपरे यहीँ मर्छु, देश छाडेर भाग्दिनँ : केपी ओली

मर्नैपरे यहीँ मर्छु, देश छाडेर भाग्दिनँ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने बताएका छन्। 

एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा ओलीले वर्तमान सरकारले असंवैधानिक तवरले प्रतिनिधिसभा jlघटन गरेको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काउन संसद पुनःस्थापना हुनैपर्ने बताए।

उनले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै सबै आन्दोलित हुनुपर्ने र संसद पुनःस्थापनाको मागलाई तीव्र बनाउनुपर्नेमा जोड दिए। उनले वर्तमान सरकार गठनका समयमा पनि आफूले संवैधानिक तवरबाट अघि बढ्न राष्ट्रपतिलाई पत्र लेखेको उल्लेख गरे।

सरकार गठनका लागि शीतल निवासमा भएको छलफलमा एमालेका कुनै प्रतिनिधि सहभागी नभएकाले पूर्व प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटनमा एमाले पूर्ण विमति रहेको उनको भनाइ छ। अध्यक्ष ओलीले तोडफोड र आगजनीको बलमा निर्माण भएको सरकारको पछिल्लो गतिविधि समेत असंवैधानिक रहेको आरोप लगाए।

उनले बेठिक तत्वसँग नझुकेको एमाले दुई दिनको आन्दोलनको बलमा निर्माण भएको असंवैधानिक सरकारसँग समेत नझुक्ने तर्क गरे।

त्यस्तै अध्यक्ष ओलीले देश छाडेर नभाग्ने स्पष्ट पारे। ‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन, हाँगा पनि छैन । एउटा पहेंलो लहरो हुन्छ नि एउटा, आकाशबेली जस्तै कहाँबाट पलायो कहाँबाट। यो आकाशबेली सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेलाई पासपोर्ट रोक्का गर्छ। के काम गर्छ यसले?,’ उनले प्रश्न गरे। 

उनले मर्न परे पनि देशमै मर्ने भन्दै अनुत्तरदायी सरकारलाई देश सुम्पिएर नभाग्ने बताए। ‘केपी ओली भागेर जान्छ? सुकरात त्यसबेला भागेनन्। आजको केपी ओली भाग्छ। के सोचेको होला? मैले अस्ति नै भनेँ यो हाहुमा बनेको गैरजिम्मेवार कसैप्रति जिम्मेवार नभएको असंवैधानिक सरकारलाई अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ?,’ उनले प्रश्न गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.