थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित

थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित

काठमाडौं : नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको २०२६ का लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्। १५ वर्षपछि उनी अन्तर्राष्ट्रिय जेसिसको उपाध्यक्षमा निर्वाचित भएकी हुन्। थापाले धैर्य, कडा परिश्रम र निरन्तरताले उपाध्यक्षमा निर्वाचित हुन सफल भएको बताइन्। 

नेपाल जेसीजले पछिल्लोपटक सन् २०११ मा अन्तराष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो। 'अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्षको रूपमा सिनेटर रजनी थापाको चयन नेपाल जेसीजको लागि ऐतिहासिक पुनरागमन हो। यो उपलब्धिले नेपालको युवा नेतृत्व क्षमता, प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति पुनः स्थापित गरेको छ। उहाँको सफलता नेपाली महिलाको क्षमता, परिश्रम र नेतृत्व योग्यताको प्रतीक बनेको छ,' जेसीज नेपालले भनेको छ। 

विश्वभरका सक्रिय र जिम्मेवार युवा नागरिकहरूको नेतृत्व विकास गर्ने संस्थाको रुपमा परिचित जुनियर च्याम्बर इन्टरनेशनल, जसको मूल उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउने युवा अभियन्ताहरु तयार गर्नु रहेको छ। सन् १९१५ मा अमेरिकाको सेन्ट लुइसमा स्थापना भएको यो संस्था अहिले विश्वका २०० भन्दा बढी देशमा करिब ५ लाख सदस्यहरूसहित सक्रिय छन्। 

नेपाल जेसीज नेपालमा सन् १९६५ मा स्थापित १८ देखि ४० वर्षसम्मका युवाहरुको संस्थाको हो। जसले देशभरका १७८ भन्दा बढी स्थानीय शाखाहरु मार्फत सदस्यहरूलाई नेतृत्व र अवसर प्रदान गर्दै आएको छ। युवाहरूमा नेतृत्व विकास, उद्यमशीलता, समुदाय सेवा र अन्तराष्ट्रिय सहकार्य प्रवद्र्धन गर्दै आएको नेपाल जेसीजले राष्ट्र निर्माणमा निरन्तर योगदान पुर्‍यारहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.