सेयर बजार : नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

सेयर बजार :  नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौं : साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार ३०.०२ अंकले घटेको सेयर बजार आज ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। 

आज ३२७ स्क्रिप्सको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर ४ अर्ब ५१ करोड ४४ लाख  ८ हजार २३६ रुपैयाँमा कारोबार भयो। आइतबार ४ अर्ब ९० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से घटेपनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। धर्मखोला हाइड्रो इनर्जी,सागर डिस्टिलरी र बुंगल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माविलुङ्ग इनर्जीको सेयर ९.९८ प्रतिशतले बढ्दा सिटी होटलको ९.९४ प्रतिशतले बढ्यो।

तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयरका लगानीकर्ताहरूले भने सर्वाधिक गुमाए।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी युनियन हाइड्रोपावरले २५ करोडको सेयर कारोबार गर्दा साधी विद्युतको १७ करोड र शिवम् सिमेन्टको १५ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ९० वटा स्टक्सको मूल्य बढ्दा १५१ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य  आज स्थिर रह्यो।

होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको घट्यो। तीन समूहको उपसूचक बाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.