एमालेका युवा फेसबुकमा होइन, घर घरमा छन् : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका युवा फेसबुकमा नभएर घर-घरमा भएको बताएका छन्। राष्ट्रिय सभामा एमाले फर्क अभियानको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमालेसँग ठूलो युवा पंक्ति रहेको दाबी गरे।
'एमालेसँग युवाको ठूलो पंक्ति छ। फेसबुकको युवा होइन। घर-घरको युवा एमालेसँग छ। फेसबुकमा त एमालेसँग केही पनि छैन, रित्तै भइसक्यो,' उनले भने, 'तर त्यस्ता पोस्ट्हरूमा 'झुट' लेख्नुपर्थ्यो। हामीले त्यति गर्न सकेका छैनौं।' अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आएका सत्यलाई सत्य र अफवाहलाई अफवाह भनेर नेता-कार्यकर्ताहरूले भन्नुपर्ने आवश्यकता रहेको बताए।
उनले सरकारले घर जलाउनेहरूको अनुहार चिनिए पनि गिरफ्तार नगरेको आरोप लगाए। 'घर जलाउनेहरू चिनिएका छन्। तर, सरकारले गिरफ्तार गर्न सक्दैन। त्यस्तो पनि हुन्छ। अपराधीलाई कानुनी कारबाही गरिनुपर्छ,' उनले भने।
उनले घर जलाएकाहरू पनि कोही मन्त्री नबनेको देख्दा आफू छक्क परेको बताए। 'केही मन्त्रीहरू किन भएनन्, छक्क परेको छु। भिडियो त अपलोड गरेकै थिए। चिनाएकै थिए। ती छुटेका छन्। कमसेकम राज्यमन्त्री त बनाउनुपर्थ्यो,' उनले भने।
प्रतिक्रिया दिनुहोस !