एनपीएल दोस्रो सिजनको उद्‍घाटनमा यस्तो देखियो टियु क्रिकेट मैदान

एनपीएल दोस्रो सिजनको उद्‍घाटनमा यस्तो देखियो टियु क्रिकेट मैदान
तस्बिर : क्यान

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ। र्कीतिपुरस्थित टियु क्रिकेट मैदानमा प्रधानमन्त्री सुशीला कार्कीले एनपीएल दोस्रो सिजनको उद्‍घाटन गरिन्। 

समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति थियो। उद्‍घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म चल्ने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्, जसमा ९ खेल दिउँसो र २३ खेल डे-नाइटमा हुनेछन्।

प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरि आठ फ्रेन्चाइज टोली सहभागी छन्। 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.