राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीमतीलाई सरकारले दियो रोजगारी

राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीमतीलाई सरकारले दियो रोजगारी

काठमाडौं : सरकारले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ । मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो ।

सो क्रममा मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। अहिले रोजगारीको व्यवस्था गरेर केहि राहत प्रदान गर्ने सरकारको कोसिस  रहेको भन्दै उनले सुजन मगियाले चाहेमा विश्वविद्यालयमा पढ्नका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाए।

सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा सुरेश रजकको आगलागीका कारण मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.