धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

ढल्केवर(धनुषा) : धनुषामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका-२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१- ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा
मिथिला नगरपालिका- १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको हो।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि महोत्तरीको बर्दिबास अस्पताल पठाइएको छ । ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.