सुनको मूल्य २९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढेको छ। अघिल्लो साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार १ हजार ३०० ले घटेको सुन आज २९ सयले बढेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार २ हजार ९०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ६०० कायम भएको छ। शुक्रबार सोही परिमाणको सुन २ लाख ४१ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
४