दूर्व्यवहार

विराटनगरमा महेश बस्नेत चढेको गाडीमा रङ छ्यापियो, दुई जना पक्राउ

विराटनगरमा महेश बस्नेत चढेको गाडीमा रङ छ्यापियो, दुई जना पक्राउ

मोरङ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास भएको छ। एमाले नेता बस्नेत सवार गाडीमा प्रदर्शनकारीले बेलुनको लोला र रङ हानेका हुन्। 

इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत आज बिहान १०:५० बजेको उडानमा आएका उनीमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ। null

उनीहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए। प्रहरीका अनुसार विराटनगर महानगरपालिका - २ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन्। बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन्। अहिले अवस्था सामान्य छ ।  प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

यस अगाडि पनि सिमरामा एमालेका महासचिव शंकर पोखरेल र बस्नेत काठमाडौंबाट जान लाग्दा विमानस्थलमा जेनजीले प्रदर्शन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.