बसपार्कमा तन्नाले बेरेर फालिएकाको शव तेस्रो लिंगीको,भएन सनाखत

बसपार्कमा तन्नाले बेरेर फालिएकाको शव तेस्रो लिंगीको,भएन सनाखत

काठमाडौं : नयाँ बसपार्क नजिक सडक किनारामा भेटिएकाको शव अझै सनाखत हुन सकेको छैन । शनिबार बिहान सडक किनारमा तन्नामा पोको पारेको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो । शव कुहिएर गन्हाएको अवस्थामा फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उक्त शव पोष्टमार्टमका लागि शनिबार नै शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको थियो । उनका अनुसार पुरुषको कपडा लगाएका करिब २५ /२६ वर्षीय ति व्यक्तिका बारेमा अनुसन्धान भइरहेको छ।

शव तेस्रो लिंगीको रहेको खुलेको छ ।  शवको सनाखत भने हुन सकेको छैन। शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको प्रवक्ता भट्टराईले बताए। उनले भने,'हामी सबै टोली खटेर अनुसन्धान गरिरहेका छौं । मृतक व्यक्तिलाई अन्त कतै हत्या गरेर त्यहाँ ल्याएर फालेको जस्तो देखिन्छ ।'

प्रहरीका अनुसार  एकजना तेस्रो लिंगी व्यक्ति हराएको उजुरी आएको थियो । तर,अनुसन्धानका क्रममा ती व्यक्ति नभएको खुलेको प्रहरीका भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.