एनपीएलको सट्टेबाजीमा दुई करोड बढी कारोबार गरिएको खुलासा

एनपीएलको सट्टेबाजीमा दुई करोड बढी कारोबार गरिएको खुलासा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा पक्राउ परेकाहरूले २ करोड बढी कारोबार गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूको समूहले २ करोड ५ लाखको कारोबार गरेको बताएको हो।

उनीहरू हरेक खेलमा त्रिवि क्रिक्रेट मैदानमा पुग्ने र त्यहीँ बसेर अनलाइनमा जितहारका लागि बेटिङ गर्ने गर्थे। उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रवक्ता आर्चायका अनुसार भारतको आन्ध्र प्रदेशका ८ जना व्यक्तिहरू एनपीएलमा सट्टेबाजी गर्नकै लागि नेपाल आएको देखिन्छ। उनीहरू ठमेल र सुन्धाराको होटलमा बस्ने र एनपीएलको खेल भएका दिन टिकट लिएरै मैदान जाने गर्थे।

प्रहरीले सट्टेबाजी गराएको आरोपमा १० जना भारतीयलाई रंगशालाबाटै पक्राउ गरिएको थियो। परिसरका प्रवक्ता पवनकुमार भट्टराईले एनपीएलको सुरक्षाका लागि करिब ४ सय जनशक्ति परिचालन गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.