निजामती प्रशासन जति चुस्त भयो, मुलुकको सुशासनको स्तर त्यति नै माथि जान्छ : मुख्यसचिव अर्याल

निजामती प्रशासन जति चुस्त भयो, मुलुकको सुशासनको स्तर त्यति नै माथि जान्छ : मुख्यसचिव अर्याल

काठमाडौं : मुख्य सचिव सुमनराज अर्यालले सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती  प्रशासनको स्वरुप,सबलता र क्रियाशीलतामा निर्भर हुने बताएका छन्। बुधबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहणपछि मुख्यसचिव अर्यालले निजामती प्रशासन जति चुस्त,स्वच्छ,इमान्दार , जनसेवी विकासमैत्री हुनसक्यो मुलुकमा सुशासनको स्तर त्यत्ति नै माथि जाने बताए।

उनले अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत तत्व भएको बताए। यिनलाई कुनै पनि बहानामा भत्काउन र बिगार्न नहुने उनको भनाइ छ। उनले भने,'अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत तत्व भएको बताए। यिनलाई कुनै पनि बहानामा भत्काउन र बिगार्न हुँदैन। सबै साथीहरूलाई यी दुई कु्राहरूलाई सदैव हृदयङ्गम गरी आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न आग्रह गर्न चाहन्छु।'

यसैगरी मुख्यसचिव अर्यालले मुलुकको समृद्धि र सुशासनका लागि राजनीति र प्रशासन एक अर्काका परिपुरक भएको बताउँदै राजनीति र प्रशासनबीच आपसी विश्वास,समन्वय र सहयोग हुनु आवश्यक रहेको  औंल्याए।

null

उनले जेनजी पुस्ताका असल मागहरू गम्भीरताका साथ मनन गर्नुपर्ने बताए। उनले भने,'जेनजी पुस्ताले हामीसँग असल र उत्तरदायी शासनको माग गरेका छन्। देशभित्रै गरिखाने वातावरण निर्माणका लागि दबाब दिएका छन्।  यो कुरालाई हामीले गम्भीरताका साथ मनन गरी तदनुसार काम गर्न आवश्यक छ। यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी,सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रुपमा स्थापित गर्न नेतृ्त्व तहमा काम गर्ने हामीले आवश्यक  पहलकदमी लिनुपर्छ।'

उनले मुख्य सचिवको रुपमा आफ्नो स्वार्थ र एजेन्डा केही नहुने बताउँदै जिम्मेवारीका साथ काम गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.