नवलपरासीमा एमसीसीको ४०० केभी विद्युत प्रसारण लाइनको काम सुरू

नवलपरासीमा एमसीसीको ४०० केभी विद्युत प्रसारण लाइनको काम सुरू
तस्बिर : हरि शर्मा

परासी : नेपाल सरकार मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले निर्माण गर्न लागेको ४०० केभीको विद्युत् प्रसारण लाइनको काम सुरु भएको छ। नवलपरासीको सुनवल नगरपालिका-१३ सूर्यबस्तीमा सबस्टेशन निर्माण गरेर १८ किलोमिटरको अन्तरदेशीय विद्युत् प्रसारण गरिने छ। 

त्यसका लागि बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले संयुक्तरूपमा न्यूबुटवल सबस्टेशन र प्रसारण लाइनको शिलान्यास गरेका छन्। 

प्रसारण लाइनले नवलपरासीको १८ किलोमिटरलाई समेट्ने छ। बर्दघाटदेखि सुनवल, रामग्राम नगरपालिका हुँदै नेपाल-भारत सीमामा रहेको पाल्हीनन्दन गाउँपालिका-१ को दसगजा क्षेत्र नजिक प्रसारण लाइनको अन्तिम बिन्दु हो। त्यहाँबाट नेपाललाई बढी भएको विद्युत् भारत र बंगलादेश सप्लाई गरिने छ। यो ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्नमा सघाउ पुर्‍याउने एमसीए नेपालले जनाएको छ। 

प्रसारण लाइन विस्तारका लागि दुई भारतीय कम्पनीले निर्माणको जिम्मेवारी लिएका छन्। ‘लिङ्सन इण्डिया लिमिटेड’ले सबस्टेशन निर्माण गर्ने छ भने ‘ट्रान्सरेल इण्डिया कम्पनी’ले ४०० केभीको प्रसारण लाइनका सबै काम गर्ने एमसीए नेपालले जनाएको छ। 

प्रसारण लाइन विस्तारका लागि यसअघि प्रसारण क्षेत्रमा पर्ने टावरमुनिका स्थानीयको जग्गाको मुआब्जा दिइसकिएको छ। तारमुनि पर्ने २३/२३ दायाँ/बायाँको क्षतिपूर्तिका लागि अन्तिम प्रक्रिया अघि बढिसकेको छ। तीन वर्षभित्र सक्ने गरी सुरु गरिएको १८ किलोमिटर प्रसारण लाइनको निर्माण लागत पाँच करोड अमेरिकी डलर छ।

आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यलाई सघाउ पुर्‍याउँछ : अर्थमन्त्री
यसैबीच सबस्टेशन र प्रसारण लाइनको शिलान्यास गर्दै अर्थमन्त्री रामेश्वर खनालले १८ किलोमिटर प्रसारण लाइनले आर्थिक वृद्धि गर्ने सरकारको राष्ट्रिय लक्ष्यलाई सघाउ पुग्ने बताएका छन्। ‘यो प्रसारण लाइनले स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्दै क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउने छ। त्यसका लागि समयमा काम सम्पन्न गर्न नेपालको तर्फबाट हामी कटिबद्ध छौं,' अर्थमन्त्री खनालले भने। 

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत थम्प्सनले  प्रसारण लाइनले ऊर्जा क्षेत्रमा मात्र नभई व्यापार वृद्धिमा सघाउ पुर्‍याउने बताए। प्रसारण लाइन विस्तारको काम शुभारम्भ भएसँगै यसले नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउनमा नयाँ आयाम थपेको बताउँदै उनले नेपालीका लागि यसले दीर्घकालीन लाभ दिलाउनेमा नयाँ अवसर सिर्जना गरेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.