त्रिविमा झुटो पीएचडी काण्ड : तीन प्राध्यापक र एक सहप्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

त्रिविमा झुटो पीएचडी काण्ड : तीन प्राध्यापक र एक सहप्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : विद्यावारिधि नै नगरी झुटो विवरण पेस गरी त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा चार अध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहपरीक्षा नियन्त्रक छनोट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दाबी पेस गर्ने सहप्राध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा हालेको छ। अख्तियारले सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा.डा.जयालक्ष्मी प्रधान, प्रा.डा.मोतीलाल शर्मा र प्रा.डा. मेधराज पोखरेलविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनीहरूविरुद्ध भष्टाचार नियन्त्रण ऐनबमोजिम कैद र जरिवानासहितको सजायको मागदाबी गरिएको छ। उनीविरुद्ध यो ऐनको दफा १३ बमोजिम परीक्षाको परिणाम फेरबदल गरेकामा १ वर्षसम्म कैद तथा ५० हजासम्मको जरिवाना गरिएको छ। त्यस्तै, ऐनको दफा १९(२) बमोजिम कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्ने कर्तव्य भएको राष्ट्रसेवकले प्रतिवेदन दिँदा बदनीयतपूर्वक लुकाइछिपाइ वा नभए नगरेका कुरा देखाई प्रतिवेदन दिएको थप १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवानाको माग दाबी गरिएको छ।

उनका अनुसार झुटो विवरण पेस गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका सह परीक्षा नियन्त्रक बनेका डिल्लीराम प्रसाईंलाई पनि प्रतिवादी बनाइएको छ। प्रसाईंविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा १३ र १९(२) का साथै दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजाय हुन मागदाबी गरिएको छ। दफा १३ मा एक वर्षसम्म कैद र ५० हजारसम्मको जरिवानाको व्यवस्था छ भने दफा १९(२)मा पनि थप एक वर्षसम्म कैद र ५० हजारसम्मको जरिवानाको व्यवस्था छ। दफा २२ मा बमोजिम कसुर गर्ने व्यक्तिसरह नै सजायको व्यवस्था गरिएको छ।

कसरी गरियो झुटो विवरणको आधारमा प्रसाईंको नियुक्ति ?
२०८१ भदौ ११ मा त्रिभुवन विश्वविद्यालयबाट सहपरीक्षा नियन्त्रक छनोट समिति गठनको टिप्पणी र आदेश सदर भएको अख्तियारको अनुसन्धानमा देखिएको छ। सोही दिन सहपरीक्षा नियन्त्रक छनोट समिति गठन गरिएको छ। त्रिविका रजिस्ट्रार प्रा.डा.केदारप्रसाद रिसमालबाट पदमकन्या क्याम्पसमा कार्यरत प्रा.डा. जयालक्ष्मी प्रधान, त्रिवि रसायन शास्त्र विभागका प्रा.डा. मोतीलाल शर्मा र प्रा.डा मेघराज पोखरेल रहने गरी तीन सदस्यीय सहपरीक्षा नियन्त्रक छनोट समिति गठन गरिएको थियो। 

परीक्षा नियन्त्रक कार्यालय बल्खुमा २ जना र क्षेत्री परीक्षा नियन्त्रण कार्यालय जनकपुर, नेपालगन्ज, पोखरा र विराटनगरमा गरी ४ जना सहपरीक्षा नियन्त्रकहरू छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी दिइएको देखिएको छ। त्रिवि यी पदमा नियुक्तिका आधार र मादण्डसम्बन्धी व्यवस्था गरिएको देखिएको छ। जसमा ९ वटा आधार र मापदण्डको व्यवस्था गरिएको छ। जसको एउटा आधार विद्यावारिधि शैक्षिक योग्यताबापत ८ अंक दिने व्यवस्था गरिएको देखिएको छ। २०८१ भदौ १७ मा पहिलोपटक ७ दिने सूचना र त्यसपछि पुनः २२ गते थप ७ दिनेको सूचना प्रकाशित गरिएको देखिन्छ। 

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलय विराटनगरका लागि चाहिने १ जना सहपरीक्षा नियन्त्रकका लागि ६ जनाको दरखास्त परेको र सहप्राध्यापक प्रसादको २६ गते आवेदन पेस भएको अनुसन्धानमा देखिएको छ। प्रसार्इंले सिभीमा डा.डिल्लीराम प्रसाईं तथा शैक्षिक योग्यतामा पीएचडी , विज्ञको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारहरूमा सहभागिता जनाएको कागजात पेस गरेको देखिएको छ।
भदौ २७ गतेमा प्रसाईंले जो जससँग सम्बन्धित छ भन्ने पत्र छनोट समितिमा पेस गरेको पाइएको छ। उक्त पत्रमा प्रसाईंले २०८० पुस ५ गते विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न गरेको देखिएको छ।

कात्तिक १२ मा सहपरीक्षा नियन्त्रक पदको परीक्षा सञ्चालन भएको देखिएको छ। जसमा प्रसाईं शैक्षिक प्रशासनिक अनुभवमा १० अंक, प्राज्ञिक अनुभवमा २०, विद्यावारिधिमा ८, अनुसन्धानसम्बन्धी अनुभवमा १०, विश्वविद्यालयको रणनीतिक योजना लागू गर्ने प्रतिबद्धतामा ९ र अन्तर्वार्तामा ११ गरी ६८ अंक प्रदान गरेको देखिएको छ। यो परीक्षामा डा.गोविन्दप्रसाद गुरागाईंले ६३ र डा. सत्यनारायण साहले ६१ अंक पाएको अन्तिम नामावली सिफारिसमा उल्लेख गरिएको छ।

सबैभन्दा बढी अंकको आधारमा प्रसाईंलाई २०८१ मंसिर १९ दखि लागू हुने गरी परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि सहपरीक्षा नियन्त्रक पदमा नियुक्ति गरेको देखिएको छ। प्रसार्इंको नियुक्तिमा विषयमा उठ्न थालेपछि त्रिविले प्रा.डा.धु्रवबहादुर कार्कीको संयोजकत्वमा २०८१ पुस १७ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले माघ २१ मा पेस गरेको राय सुझावसहितको प्रतिवेदनमा प्रसार्इंले विद्यावारिधि प्राप्त गरेको देखिँदैन भन्नेसमेत बेहोराको प्रतिवेदन दिएको देखिएको छ।

यसपछि त्रिवि डिन कार्यालयबाट कागजात माग गर्दा प्रसार्इंले शैक्षिक सत्र २०६९÷०७० मा पीएचडीमा भर्ना भएको र २०८१ माघ २९ गते मात्रै विद्यावारिधिको प्रोभिजनल सर्टिफिकेट प्राप्त गरेको देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.