भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४४२ पुग्यो

भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४४२ पुग्यो

काठमाडौं : चक्रवातका कारण आएको भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्।  

पश्चिम सुमात्रामा रहेकी बीबीसी रिपोर्टर निक्की विडाडियोका अनुसार केही क्षेत्र  मुख्य शहरसँगको सम्बन्धबाट छुट्टीएका छन् भने केही क्षेत्रमा पाँच दिनदेखि मोबाइल सिग्नल छैन।

उष्णकटिबंधीय आँधी कोटो भियतनाम नजिकिँदै गर्दा थप तीन जनाको मृत्यु भएको छ। गत महिनाको सुरुमा भियतनाममा भएको दिनभर भारी वर्षाका कारण ९० जनाको मृत्यु भएको थियो।

थाइल्याण्डमा १७० जना र मलेसियामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

नोभेम्बरको सुरुमा फिलिपिन्समा आएको आँधीमा परी ३०० जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.