‘एमाले कहिल्यै पनि जेनजीका मागको विरुद्धमा छैन’

एमाले जनतासँग जोडिएको पार्टी हो, एक्लो हुँदैन : उपाध्यक्ष पौडेल

एमाले जनतासँग जोडिएको पार्टी हो, एक्लो हुँदैन : उपाध्यक्ष पौडेल
फाइल तस्बिर

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले जनतासँग जोडिएको पार्टी भएको बताएका छन्। बुधबार एमाले निकट प्रेस चौतारी नेपालले गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जनताले विश्वास गर्ने बेलासम्म एमाले एक्लो नभएको दाबी गरेका हुन्।

पौडेलले भने, ‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं। हामी जनतासँग जोडिएर अघि बढेको पार्टी हौं, हामी जनताबाट टाढिन हुँदैन भन्नेमा छौं। हामी मधेशमा एक्लिएका पनि होइनौं, एक्लिदाँ पनि एक्लिदैनौं।’

उनले बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा भएको बताए। उनले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको जिकिर गरे। ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो। त्यसकारण एमालेलाई एक्लाउने, जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर एक्लिन्छ ? बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,’ उनले भने।

संविधानलाई ट्याकमा ल्याउन संसद् पुनर्स्थापना गर्न आवश्यक रहेको बताए। उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरे। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफू महासचिव पदको उम्मेदवार नभएको प्रष्ट पारे। ‘म दशौं महाधिवेशनपछि नेकपाको महासचिव भइसकेको मान्छे। अहिले म महासचिवको उम्मेदवार  होइन,’ पौडेलेले भने।

उनले वरिष्ठ उपाध्यक्ष विधानमै नभएको हुँदा नेतृत्वले जसरी मिलाएर जान्छ त्यसैअनुसार जिम्मेवारी लिने जानकारी दिए। उनले एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको सुनाए। ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु।’ उनले भने,‘एमाले कहिल्यै पनि जेनजीका विरुद्धमा, जेनजीका मागका विरुद्धमा, उनीहरूका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.