हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह २०२५ सम्पन्न
काठमाडौं : हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह २०२५ सम्पन्न भएको छ। दीक्षान्त समारोहमा कलेजका कूल ९०३ विद्यार्थीहरू दीक्षित भएका छन्।
जसअन्तर्गत ६९७ जना विद्यार्थी बीएस्सी (अनर्स) कम्प्युटर साइन्स स्नातक र ५२ जना बीएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन्।
यसैगरी २०६ जना इन्टरनेसनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका छन्।
कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्षको छात्रवृत्ति बीएस्सी कम्प्युटर साइन्सका विद्यार्थी समक्ष शर्मालाई प्रदान गरिएको छ। छात्रवृत्तिसँगै शर्माले इनोभेट नेपाल ग्रुपअन्तरगतकै कुनै संस्थामा काम गर्ने अवसर पाएका छन्।
समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रसम्म उत्कृष्ट स्थानमा कार्यरत रहेको बताए। उनले बेलायती विश्वविद्यालयको डिग्रीले विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बन्न सफल भएको धारणा राखे।
प्रतिक्रिया दिनुहोस !