सरकार निर्माण व्यवसायीका समस्यामा गम्भीर देखिएन : अध्यक्ष सिंह

सरकार निर्माण व्यवसायीका समस्यामा गम्भीर देखिएन : अध्यक्ष सिंह

वीरेन्द्रनगर : नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहले वर्तमान सरकार निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर नरहेको बताएका छन्। शनिबार कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको छिटौं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष सिंहले नेपालमा सुशासन र विकासका लागि भएको जेनजी आन्दोलनको जगमा गठन भएको सरकारले पुरानै सरकारको लयमा गएको आरोप लगाए। उनले भने, ‘जेनजी आन्दोलनबाट गठन भएको सरकारले जेनजीकै भावनालाई समेट्न सकेको छैन। यो सरकारबाट मुलुकमा सुशासन र समृद्धिका लागि फास्ट्याकबाट कामहरू हुन्छन् भन्ने लागेको थियो। तर त्यसो भएन। बरु पुरानै दलका सरकारले गरिरहेका कामहरू जस्तै गतिमा उनी कामका निरन्तरता दिएको छ।’

उनले सरकार जेनजीको म्यान्डेट अनुसार चल्न नसकेको बताए। नेपालको समग्र निर्माण उद्योगकै छबि उच्च बनाउन आफूहरू लोनको भारी बोकेर घरबार गुमाएर विकास आयोजना निर्माणको कामहरू गरिरहेको बताउँदै सरकारले निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि ठोस पहल गर्नुपर्ने बताए। 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.