नेपालमा कम्युनिस्ट आन्दोलनको एकता जरुरी : प्रचण्ड

नेपालमा कम्युनिस्ट आन्दोलनको एकता जरुरी : प्रचण्ड

वीरेन्द्रनगर : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको एकता जरुरी रहेको बताएका छन्। कर्णाली प्रदेशको सुर्खेतमा शनिबार नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले कम्युनिस्ट आन्दोलनको एकताकै लागि २०७४ सालमा बाम गठबन्धन बनाएर नेकपा एमाले र माओवादी केन्द्र बीचको एकतालाई संकेत गर्दै एक भएको कम्युनिस्ट आन्दोलन बचाउन नसकिएको बताए। उनले भने, ‘नेपालमा कम्युनिस्ट आन्दोलनको एकता जरुरी छ। त्यसका लागि हामीले विगतका कमिकमजोरीहरुको समीक्षा गरेर अहिलेको एकता भएको हो। हामी विगतका कमी कमजोरीहरू दोहोरिन दिँदैनौं।’  

उनले कर्णाली र सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो पाटी बन्ने दाबी समेत गरे। उनले भने, ‘हामीले विगतमा पार्टी एकताको लागि कार्यकर्ताहरूबाट सुझाव संकलन पनि गरेका थियौँ। त्यति बेला पार्टी एकता गरेर जाने हो भने सुदूर र कर्णालीमा सबैभन्दा ठूलो पार्टी बन्छ भनेर भनेका थिए। त्यसैले हामीले सुदूरबाट सुरुवात गरेको सन्देश सद्‌भाव बागमती बाहेक अन्तिम कर्णालीमा आयोजना गरेका हौं।’

प्रचण्डले भने, ‘कर्णाली सिजा सभ्यताका साथै क्रान्तिकारी परिवर्तनको ऐतिहासिक विरासत बोकेको छ। यहाँका सम्भावनाहरू प्रचुर छन्। तर ओझेलमा पारिएको छ। अब हामीले नयाँ संकल्पका साथ कर्णालीलाई विकासको मूलधारमा लिनका लागि कर्णालीलाई फोकस गर्नेछौँ। उनले नेपालमा १६ वटा कम्युनिस्ट घटकहरूको एकताका साथ देशको हितका लागि अभियानमा लागेको पहिलो रेकर्ड हो। हाम्रो पार्टीमा देशी विदेशीहरूको चासो बढेको छ। नेकपा एकाले भित्रका नेताहरू पनि नेपाली कम्युनिस्ट पार्टीका पक्षमा हुनुहुन्छ। बधाई पनि दिनुभएको छ। उहाँहरुले एमाले अधिवेशनमा कम्युनिस्ट एकताका पक्षमा छलफल गर्नुहुनेछ भन्ने विस्वास छ।’ 

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टी इमान्दारहरुको पाटी भएको दाबी गरे। उनले मुलुकको हित, जनताको विकास र समृद्धिको सपना पुरा गर्न नेपाली कम्युनिस्ट पार्टी इमान्दार रुपमा लाग्ने बताए। प्रचण्ड नेतृत्वको सरकारले उल्लेख्य कामहरू गरेको दाबी गर्दै नेपालले भने, ‘नेपालमा राम्रो गर्न खोज्नेलाई प्रहार हुन्छ। प्रचण्ड जिको नेतृत्वको सरकारले सुशासन र विकासका पक्षमा राम्रो काम गरेको थियो। तर लामो समय टिक्न सकेन।’

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालमा आफ्नै विशेषताको समाजवादी जरुरी रहेको बताए। उनले देशलाई समाजवादतर्फ लैजान नेपाली कम्युनिस्ट पार्टीको विकल्प नरहेको बताए। उनले देशमा विदेशीहरूको हस्तक्षेप बढिरहेको बताउँदै मुलुकको हित र स्वाधीनताका पक्षमा नेपाली कम्युनिस्ट पार्टी कडा रूपमा उभिएको बताए। 

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले नेपालमा समाजवादको विकल्प नरहेको बताए। उनले आफूहरूले मुलुकमा समाजवाद ल्याउन नसके जेल हाल्न अनुरोध गरे। उनले जनताबाट भाग्न कसैलाई छुट नरहेको बताउँदै मुलुकको हित समाजवादबाटै रहेको दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.