प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो सेसनमा नेप्से परिसूचक ०.१९ अंकले बढेर २६०१.८१ विन्दुमा पुगेको हो।
सेन्सेटिभ इण्डेक्स भने ०.११ अंकले घट्यो।
प्रि ओपन सेसनमा ४२ वटा स्टक्सको २ हजार ८२५ कित्ता सेयर १७ लाख ५४ हजार ७१२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !