सुनको मूल्य तोलामा २ हजारले घट्यो,चाँदी के छ ?
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको भाउ २ हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार तोलामा ७०० रुपैयाँले बढेको सुन आज २ हजारले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ हजारले घटेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ४०० कायम भएको छ। बिहीबार एक तोला सुन २ लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। ७५ रुपैयाँले घटेर प्रतितोला चाँदीको भाउ ४ हजार ५ मा झरेको छ। बिहीबार एक तोला चाँदीको मूल्य ४ हजार ८० रुपैयाँ कायम भएको थियो।
प्रतिक्रिया दिनुहोस !