सेयर कारोबारी अग्रवाल पक्राउ
काठमाडौं : सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले अग्रवाललाई चुनदेवीबाट पक्राउ गरेको हो।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.को शेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐनअनुसार झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा आर्जन गरेका थिए।
त्यस्तै अग्रवालमाथि कार्पोरेट डेभलोपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको आरोप छ। सोही प्रतिवेदनको आधारमा काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ गरिएको सिआइबी प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !