क्याम्पोलमा किवी प्रशोधन उद्योग

क्याम्पोलमा किवी प्रशोधन उद्योग

दोलखा : दोलखा जिल्लाको कालिञ्चोक गाउँपलिका–१ को क्याम्पोलमा किवी प्रशोधन उद्योग सञ्चालनमा आएको छ। किवीको उत्पादन बढेपछि प्रशोधन उद्योग सञ्चालन गरेको हो। बढी मात्रामा थामी समुदायको बसोबास रहेको क्याम्पोल क्षेत्रका १० कृषकले किवी प्रशोधनसम्बन्धी तालिम लिएपछि उद्योग स्थापना भएको हो। 

उद्यमीलाई जाम, क्यान्डी र चाना उत्पादन सम्बन्धि तालिम प्रदान गरिएको थियो। करिब १२ लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको प्रशोधन उद्योग कुला लोन इन्टरनेसनल नामसालिङ सामुदायिक विकास केन्द्रबाट १० लाख ७२ हजार, वडाबाट ५० हजार, स्थानीय जन श्रमदानबाट २ लाख ५० हजार लगायतको सहयोगमा सञ्चालन गरिएको नामसालिङ विकास केन्द्र दोलखाका संयोजक राजन केसीले बताए। ‘उद्योगमा १० किसानको लगानी रहेको र ‘स्वरोजगारका रूपमा उनीहरू आफैंले काम गर्ने गरेका छन्। तर, त्यसको व्यवस्थापन दीपजंग साना किसान कृषि सहकारी संस्थाले गरेको पनि उनले बताए।

कालिन्चोक–१ का क्याम्पोल र आसपासका बस्तीमा २०० रोपनीमा ६५ किसानले एउटै प्लटमा किवी खेती गरेका छन्। ४ वर्षअघि रोपिएका ती बिरुवाले यस वर्षबाट उत्पादन दिन थालेका छन्। अरू किसानले पनि यतिकै क्षेत्रमा किवी रोपेका छन्। यस वर्ष ७ हजार किलो उत्पादन भएकोमा ५ हजार किलो किवी प्रशोधन गरिएको वडा–१ का वडाध्यक्ष पदमबहादुर थामीले बताए। उद्योगमा उक्त क्षेत्रको मात्र नभएर जिल्लाका विभिन्न स्थानमा उत्पादन गरिएको किवी पनि प्रशोधन गरिने उनको भनाइ छ।

बजारमा ठूला-ठूला दाना मात्रै बिक्री हुने र सिजनमा मूल्य पनि राम्रो नपाउने समस्याले किसान निरास थिए। उद्योग खोलेपछि ती समस्याको अन्त्य हुने छ। उद्योगको उत्पादन लेबलिङ र ल्याब परीक्षणका लागि खाद्य गुणस्तर विभागमा पठाएको र त्यहाँबाट प्रमाणित भएर आएपछि उत्पादन बजारमा पठाउने तयारी रहेको पनि वडाध्यक्षको भनाइ छ।

क्याम्पोलका ५० भन्दा बढी किसानले यो वर्ष किवी बिक्री गरेका छन्। क्याम्पोलको भित्रीखर्कमा मात्रै वर्षौंदेखि खेर गएको पाखो जमिनमा पकेट क्षेत्र नै बनाएर ६५ किसानले २ हजार २ सय किवी रोपेको वडाध्यक्ष थामीले जानकारी दिए। यो वडाभरिमा १५३ किसानले ४ हजार २ सय बिरुवा रोपेको उनले बताए।

दुर्गम भौगोलिक अवस्था, कमजोर सडक र बजारीकरणको अभावका कारण किसानले उत्पादन गरेको किवीको उचित मूल्य पाउन नसकिरहेको अवस्थामा प्रशोधन केन्द्रले महत्त्वपूर्ण भूमिका खेलेको वडाध्यक्ष थामीले बताए। बजारसम्म पुर्‍याउने सुविधा नहुँदा किसानले मूल्य पाउन सकेका थिएनन्। यही समस्या समाधान गर्न किवी प्रशोधन कार्यक्रम सुरु गरिएको हो। अब गाउँमै जाम, क्यान्डी जस्ता उत्पादन हुन थालेका छन्। यसले आम्दानी बढ्नुका साथै स्थानीयलाई रोजगारीसमेत दिएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.