दोलखामा स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित दुईजना पक्राउ

दोलखामा स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित दुईजना पक्राउ

दोलखा : भीमेश्वर नगरपालिका-७ मकैबारीबाट स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका हुन्। सदरमुकाम चरिकोटको सातदोबाटो चोकबाट करिब ५ किलोमिटर पश्चिम सडक आसपासको क्षेत्रमा शंकास्पद रूपमा झोला बोकी हिँडिरहेको अवस्थामा उनीहरूलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पक्राउ पर्नेहरूमा लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थायी घर भई हाल ललितपुर बस्ने ३८ वर्षीय रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका–७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने ४२ वर्षीय शेरबहादुर राउत रहेका छन्। 

प्रहरीले उनीहरूको खानतलासी गर्दा झोलाभित्र लुकाइराखेको अवस्थामा १९ लाख ९२ हजार ५ सय रुपैयाँ बरामद गरेको छ। उक्त रकमको स्रोत र प्राप्तिको सम्बन्धमा सोधपुछ गर्दा उनीहरूले स्पष्ट खुलाउन नसकेपछि दुवै जनालाई रकमसहित नियन्त्रणमा लिएको पनि जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

पक्राउ परेका दुवैमाथि मुलुकी फौजदारी संहिता, २०७४ अन्तर्गत ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.