सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?
काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजार ३०० कायम भएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार २ हजारले घटेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ४०० पुगेको थियो।
सुनको मूल्य घटे पनि चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन प्रतितोला चाँदीको भाउ ४ हजार १०५ रुपैयाँ तोकिएको छ। शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !