बोन्डी बीच गोलीकाण्डका पीडितप्रति अष्ट्रेलियामा राष्ट्रिय स्मरण दिवस, गुप्तचर निकायको समीक्षा गर्ने प्रधानमन्त्रीको घोषणा

बोन्डी बीच गोलीकाण्डका पीडितप्रति अष्ट्रेलियामा राष्ट्रिय स्मरण दिवस, गुप्तचर निकायको समीक्षा गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं : गत साता सिड्नीको बोन्डी बीचमा भएको गोलीकाण्डका पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्दै अष्ट्रेलियाले राष्ट्रिय स्मरण दिवस मनाइरहेको छ। यस अवसरमा प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका कानुन कार्यान्वयन तथा गुप्तचर निकायहरूको समीक्षा गर्ने घोषणा गरेका छन्।

आइतबार बिहान स्मरण कार्यक्रमको सुरुआत आदिवासी नेताहरूले बोन्डी प्याभिलियनको समुद्री किनारमा परम्परागत ‘स्मोकिङ सेरेमनी’ गरेर गरेका थिए। सो स्थानमा यहूदी पर्व हनुक्का मनाइरहेका बेला मारिएका १५ जनाको सम्झनामा स्वतःस्फूर्त रूपमा स्मारक स्थापना गरिएको छ, जहाँ श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणको भीड बढ्दै गएको छ।

सुरक्षा निकायहरू प्रभावकारी रूपमा जवाफ दिन सक्षम हुनुपर्ने बताउँदै प्रधानमन्त्री अल्बानीजले आइतबार आतंककारी घटनाले देशको सुरक्षा वातावरण तीव्र रूपमा परिवर्तन भइरहेको बताए। यहूदी समुदायको एक उत्सवका क्रममा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको थियो। घटनालाई प्रहरीले आतंककारी हमला घोषणा गरेको थियो। प्रहरीका अनुसार आक्रमणकारीहरू ‘इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित’ थिए।

आक्रमण सुरु भएको समयअनुसार आइतबार साँझ ६:४७ बजे देशभर एक मिनेट मौनधारण गरिएको थियो। सोही अवसरमा सिड्नीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री अल्बानीज उपस्थित हुँदा केही सहभागीले हुटिङ र नाराबाजी गरेका थिए। केही उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए। एक व्यक्ति प्रधानमन्त्रीतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रधानमन्त्रीलाई भीआईपी क्षेत्रतर्फ लगिएको थियो।

प्रधानमन्त्रीले यसअघि सन् २०२६ को अप्रिलसम्म तयार हुने गरी गुप्तचर समीक्षा गरिने जानकारी दिँदै, अतिवादसँग जुध्न सरकारी निकायहरूसँग आवश्यक अधिकार, संरचना, कार्यप्रणाली र सूचना आदान–प्रदानको व्यवस्था पर्याप्त छ कि छैन भन्ने विषयमा मूल्यांकन गरिने बताए। उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभागले संघीय कानुन कार्यान्वयन र गुप्तचर निकायहरूको क्षमता परीक्षण गर्नेछ।

लगभग तीन दशकयताकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियाली सरकारले बन्दुक नियन्त्रण कडा बनाउने योजना पनि सार्वजनिक गरेको छ। उता न्यु साउथ वेल्सका मुख्यमन्त्रीले घृणात्मक अभिव्यक्तिविरुद्ध कडाइ गर्ने तयारी गरिरहेका छन्। घटनाका मुख्य अभियुक्त २४ वर्षीय नविद अकरममाथि १५ हत्यासहित ५९ वटा अभियोग लगाइएको छ। आक्रमणका क्रममा उनका पिता साजिद अकरमको पनि मृत्यु भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.