गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच सडकमै चर्काचर्की

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच सडकमै चर्काचर्की

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणवतीदेवि थारूबीच बुधबार सडकमै विवाद भएको छ। विवादको मुख्य कारण भनेको सरकारी गाडीको दुरुपयोग थियो। तत्कालीन माओवादीबाट अध्यक्ष निर्वाचित माझीमाथि कार्यकर्ता चढाएर सरकारी गाडीको दुरुपयोग गरिरहेको आरोप लाग्दै आएको छ। उपाध्यक्ष थारु एमालेबाट निर्वाचित हुन्। अध्यक्ष र उपाध्यक्षबीच विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयनजिक विवाद भएको थियो। 

एमालेको कार्यक्रमका लागि विराटनगर आएकी उपाध्यक्ष थारूले अध्यक्ष माझीले प्रयोग गर्ने सरकारी गाडीमा कार्यकर्ता चढेको देखेपछि चालकबाट चाबी खोसेकी थिइन्। त्यसपछि विवाद तीव्र बन्दै गएर माझी पक्ष र उपाध्यक्ष पक्षधर एमाले कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो। त्यहाँ उपस्थित भएकाहरुले बीचमै हस्तक्षेप गरेर घटनालाई रोक्ने प्रयास गरे। 

उपाध्यक्ष थारूले भनिन्, ‘अध्यक्षले विगतदेखि नै अन्य जनप्रतिनिधिको गाडी कब्जा गर्ने र सरकारी स्रोतको दुरुपयोग गर्ने काम गरिरहेका छन्। आफूले प्रयोग गर्ने गाडीमा कार्यकर्ता चढाएर हिँड्ने गरेकाले हामीले त्यसलाई रोकेको हौं।’ गत फागुनमा माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्दै आएको सरकारी सवारी साधन खोसिसकेका थिए। त्यसपछि उपाध्यक्षसहित अन्य जनप्रतिनिधिहरू आफ्नै सवारीसाधन प्रयोग गर्न बाध्य भएका छन्। 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जिल्ला प्रशासन कार्यालय बाहिर विवाद भएको बताए। तर, उनीहरू कार्यालयमा प्रवेश नगरेको र गाउँपालिकामै समस्या समाधान गर्ने भनेर गएको उनको भनाइ छ। 

ग्रामथानका अध्यक्ष माझी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। तर, गाउँ कार्यपालिकामा एमालेको बहुमत छ। अध्यक्षसँग उपाध्यक्षसहितका अन्य जनप्रतिनिधिको पटक-पटक विवाद हुने गरेको छ। निर्वाचित भएदेखि नै माझी बारम्बार विवादमा परिरहेका छन्। 

अध्यक्ष माझीले भने, ‘गाउँपालिकाको काममा बाधा पुर्‍याउने नियतले जनप्रतिनिधिहरूले अनावश्यक विवाद सिर्जना गर्छन्। म पद, भत्ता र तलबका लागि अध्यक्ष भएको होइन। जनताको सेवा गर्न आएको हुँ।’ उनले उपाध्यक्ष र वडा अध्यक्षको अधिकारलाई आफूले सम्मान गर्ने बताउँदै अरुले पनि अध्यक्षको अधिकारलाई सम्मान पाउनुपर्नेमा जोड दिए। उनले सरकारी गाडीमा आफूले कार्यकर्ता नचढाएको दाबी गरे। 

उपाध्यक्ष थारू र उनका समर्थकहरूले भने माझीले अन्य जनप्रतिनिधिको गाडी खोस्ने र आफूले चाहिँ सरकारी स्रोत दुरुपयोग गर्ने कार्य गर्दा जनप्रतिनिधिहरूको अधिकार सीमित भएको बताउँछन्। थारू भन्छिन्, ‘सरकारी गाडीमा कार्यकर्ता चढाएर हिँड्ने अध्यक्षको प्रवृत्ति निरन्तर रहेकोले हामीले चाबी खोसेका हौं।’

ग्रामथानमा सरकारी स्रोतको प्रयोग र जनप्रतिनिधिहरू बीचको विवाद नयाँ होइन। यसले गाउँपालिकामा प्रशासनिक अस्थिरता बढाएको छ भने दुई पक्षबीच बारम्बार तनावको अवस्था सिर्जना भइरहेको छ। ग्रामथानमा जनप्रतिनिधि बीचको सहकार्य अभाव, सरकारी स्रोतको दुरुपयोग र राजनीतिक विवादले समस्या सिर्जना गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.