सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण सुरु

सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण सुरु

वीरेन्द्रनगर : सुर्खेत विमानस्थल परिसरभित्र मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो। 

सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेशको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकोप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए। 

उनका अनुसार उक्त प्रविधिलाई बम्बी बकेट भनिन्छ यसको अर्थ  हेलिकोप्टरमा झुन्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जंगल डढेलो वा अन्य आगलागीमा खसालिन्छ। उपसचिव गौतमले उक्त पोखरी अधिकतम ९७ फिट लामो  र १३ फिट  गहिरो हुने बताए।

नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरीको लागत ९९ लाख ९६ हजार दुई सय रुपैयाँ रहने उपसचिव गौतमले जानकारी दिए। उपसचिव गौतमले विमानस्थल भित्र मानवीय सहायताका हिसाबले उक्त पोखरी नेपालकै पहिलो हुने बताउँदै  पोखरी निर्माणपश्चात प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्तरण गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.