दिन गनेर सत्तामा बस्दैनौं,फागुन २१ मा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

दिन गनेर सत्तामा बस्दैनौं,फागुन २१ मा निर्वाचन सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
तस्बिर : अन्नपूर्ण

विराटनगर : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख प्राथमिकता निर्वाचन भएको बताएका छन् । सरकारको उद्देश्य सत्तामा टिकिरहने नभइ तोकिएको समयमै निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको उनले स्पष्ट पारेका छन् ।

विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमार्फत सुशासन र राजनीतिक स्थिरता सुनिश्चित गर्ने दिशामा केन्द्रित रहेको उल्लेख गरे । 

गृहमन्त्री अर्यालले लोकतन्त्रको आधार नै निर्वाचन भएको उल्लेख गर्दै आवधिक निर्वाचन बिना सुशासन सम्भव नहुने स्पष्ट पारे । निर्वाचन नहुँदा राज्य व्यवस्था कमजोर हुने र देश अस्थिरतातर्फ धकेलिने खतरा बढ्ने उनको भनाइ थियो । 'निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया हो । सुशासन कायम गर्न चाहने हो भने आवधिक निर्वाचनको कुनै विकल्प हुँदैन । ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्छ । त्यसैले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको छ,’उनले भने । 

दिन गनेर सत्तामा बस्ने भन्दा पनि तोकिएको समयमा निष्पक्ष,स्वतन्त्र र धाँधलीरहित हिसाबले निर्वाचन सम्पन्न सरकार लागिरहेको उनको भनाइ छ । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सबै तयारी अघि बढिसकेको जानकारी पनि दिए । 

निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार प्रक्रिया अघि बढिरहेको अर्यालले बताए । समानुपातिक प्रणालीतर्फका नामावलीसमेत निर्वाचन आयोगमा दर्ता भइसकेको उल्लेख गर्दै उनले सरकारले निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र सुरक्षित रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी जनआन्दोलनपछिको असहज र संवेदनशील परिस्थितिलाई सामान्यीकरण गर्न सरकार सफल भएको दाबी गृहमन्त्री अर्यालको छ । 

गृहमन्त्रालयको जिम्मेवारी चुनौतीपूर्ण भए पनि सुरक्षाको प्रत्याभूति दिन सरकार सक्रिय रूपमा लागिरहेको उनले बताए । शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई ढुक्क भएर मतदान गर्ने वातावरण सिर्जना गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो । 

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीले प्रदेशको समग्र सुरक्षा अवस्था मूल्यांकन गर्न,सम्भावित जोखिम पहिचान गर्न र निर्वाचनका लागि प्रभावकारी सुरक्षा योजना तयार गर्न ठोस सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे । 

केन्द्र,प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै निर्वाचनलाई सफल बनाइने उल्लेख गर्दै गृहमन्त्री अर्यालले लोकतान्त्रिक प्रक्रियाप्रति सरकार दृढ रहेको सन्देश दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.