अख्तियार प्रमुख राईलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ

अख्तियार प्रमुख राईलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ

काठमाडौं : फिलिपिन्समा एकजना नेपाली पक्राउ परेका छन्। त्यहाँको अध्यागमनले नेपाली नागरिक प्रकाश पाठकलाई पक्राउ गर‍ेको हो। तिनै पाठकले सोसल मिडियामार्फत् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलगायतल केही उच्च अधिकारीलाई ज्यान मार्नेसम्मको धम्की दिएका थिए। त्यसपछि प्रहरीले पाठकबारे अनुसन्धान सुरू गरेको थियो।

नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई )को फरार अभियुक्त खोजी युनिटले मालोलोसा सहरबाट पक्राउ गरेको हो।
 

बीआईका अनुसार उनलाई डिसेम्बर ३१ मा बुलाकान प्रान्तको मालोलोस सिटीस्थित बाराङ्गाय क्याटमोनको पासेओ दे कङ्ग्रेसो बाट पक्राउ गरिएको हो। काठमाडौं  जिल्ला अदालतले  पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

यसैगरी,इन्टरपोलले  जबर्जस्ती असुली र आपराधिक षड्यन्त्रको अभियोगमा पाठकविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो।

बीआईको अनुसन्धानले उनी नेपालमा गम्भीर सुरक्षा–सम्बन्धी गतिविधिमा संलग्न रहेको देखाएको छ। बीआईका अनुसार पाठक अगस्ट १८, फिलिपिन्स गएका थिए । उनलाई डिसेम्बर १८ सम्म बसोबास गर्न अनुमति दिइएको थियो।

फिलिपिन्सका राष्ट्रपतियको निर्देशनअनुसार त्यहाँ अन्तर्राष्ट्रिय अपराधमा संलग्न व्यक्तिहरूलाई  आश्रय दिइँदैन।  पाठकलाई नेपाल  ल्याउने तयारी भइरहेको छ।यद्देपि नेपाल प्रहरीले भने पाठक पक्राउबारे अनविज्ञता प्रकट गरेको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले फिलिपिन्समा पाठक पक्राउ परेकोबारे जिज्ञासा राख्दा उनले अनविज्ञता प्रकट गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.