९.९३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ७ अर्ब नाघ्यो

९.९३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ७ अर्ब नाघ्यो

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब बराबरको सेयर कारोबार भएको थियो।

३३४ स्क्रिप्सको १ करोड ४८ लाख ३१ हजार  २४१ कित्ता सेयर ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से वृद्धि भएपनि यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।  जीवन विकास लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले वृद्धि भयो। रुरु  जलविद्युत परियोजनाको सेयर सर्वाधिक ८.४१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। बुटवल पावरले २३ करोड ६७ लाखको से‍यर कारोबार गर्दा शिवम सिमेन्ट्सले २३ करोड ४७ लाख,बन्दिपुर केवलकारले २१ करोड र मञ्जुश्री फाइनान्सले १९ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १४८ वटा स्टक्सक मूल्य बढदा १०३ वटाको घट्यो। ८ स्टक्सक मूल्य भने स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक ११ वटा समूहको उपसूचक सकारात्मक देखिएका छन्। होटल एण्ड टुरिजम र मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक वृद्धि भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.