सुनको मूल्य ४ सयले घट्यो
काठमाडौं : उच्च विन्दुमा पुगेको सुनको भाउ बुधबार सामान्य घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ६७ हजार ७०० कायम भएको हो।
अघिल्लो दिन मंगलबार ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला सुन २ लाख ६८ हजार १०० पुगेको थियो। त्यसअघि सोमबार सुनको भाउ ४ हजार ६०० रुपैयाँले बढेको थियो। सुनको भाउ घटेसँगै चाँदी पनि सस्तिएको छ। आज प्रतितोला चाँदी ४ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन मंगलबार चाँदी ४ हजार ८८० रुपैयाँले बढेको छ।
प्रतिक्रिया दिनुहोस !