मकै बेचेर आत्मनिर्भर बनेकी सुशीला

मकै बेचेर आत्मनिर्भर बनेकी सुशीला

रौतहट : चन्द्रपुर नगरपालिका-४ की ३० वर्षीय सुशीला बैठा पुसको जाडोमा बिहान सबेरै उठ्छिन्। चार सन्तानकी आमा उनी श्रीमानको कमाईमा भर पर्नुभन्दा आत्मनिर्भर भएर केही पैसा कमाउनुपर्छ भन्ने सोचका साथ घरको काम सकेर चन्द्रनिगाहपुरमा मकै बेच्नका लागि निस्किन्छिन्। उनको  दैनिकी मकै पोलेर बित्छ। अरुको मजदुरी गरेर दिनभर खटिनुभन्दा मकै पोलेर बेच्दा राम्रो आम्दानी हुने भएकाले पछिल्लो एक वर्षदेखि उनले यही व्यवसाय गर्दै आएकी छन्।  

रौतहट र सर्लाहीका विभिन्न स्थानबाट मकैबारी नै ठेक्कामा लिएर किन्ने र चन्द्रनिगाहपुर चोकको विभिन्न स्थान अगाडि सडक पेटीमा बसेर मकै पोल्ने काम सुशीलाले एक्लैले सम्हाल्ने गर्छिन्।

दिनभर व्यस्त रहँदै उनले सानो मकै २० रुपैयाँ र ठूलो मकै ३० रुपैयाँमा बिक्री गर्दै आएको बताउँछिन्। पहिला अर्काको मजदुरी गर्दा पाँचदेखि ६ सय रुपैयाँमात्र कमाउने सुशीला अहिले व्यवसायबाट दैनिक एक हजारदेखि १२ सय रुपैयाँसम्म कमाइरहेको बताउँछिन्।

'अरू सीप छैन, धेरै पढ्न पाइएन, आफ्नो जमिन पनि छैन। त्यसैले अरुको बारीबाट मकै खरिद गरेर बेचिरहेकी छु। महिनामा ३० देखि ३५ हजारसम्म कमाइ हुन्छ,' उनले भनिन्। 

सुशीलाका श्रीमान् उपेन बैठा कन्ट्रक्सनमा काम गर्छन्। बच्चाको पढाइ तथा घर खर्च चलाउन श्रीमानको मात्रै कमाइ अपुग हुने भएकाले आफूले पनि संघर्ष गरिरहेको सुशीला बताउँछिन्। 'परिवार चलाउन दुवैले मेहनत गर्नैपर्छ। मकै पोलेर भए पनि केही त हात पर्छ। दुःखले कमाएपछि घर परिवार राम्रोसँग चल्छ। छोरा-छोरीले पढ्न पाउँछन्,' सुशीलाले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.