आज सेयर कारोबार नहुने
काठमाडौं : आइतबार सेयर कारोबार नहुने भएको छ। सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द भएको हो।
गत साताको अन्तिम सेयर बारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले घटेर बन्द भएको थियो। यसदिन ३२८ स्क्रिप्सको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भएका थिए।
अब भोलिदेखि मात्रै सेयर बजारमा कारोबार हुनेछ।
प्रतिक्रिया दिनुहोस !