राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं : सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते विहान ११ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए।
त्यस्तै बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्द प्रसाद भण्डारी (अखण्ड)लाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !