अवैधरूपमा कल बाइपास गर्ने ७ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं : अवैधरूपमा कल बाइपास गर्ने सात जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीओआइपीमा प्रयोग गरिने उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पार्नेमा ३३ वर्षीय लेउ फान, ३ वर्षीया काउ झिकुन, ४१ वर्षीय लेउ चियान्वे, ४१ वर्षीय तु स्वाङसङ, ३८ वर्षीय फ्वाङ खाङ, ४९ वर्षीय छाइ चिसिङ र ४२ वर्षीय चाङ हाउ रहेका छन्। ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनीहरूलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरिएको हो।
त्यहाँको एक होटलमा अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूविरुद्ध दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !