गगन थापालाई सभापति नस्विकार्ने

निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसको संस्थापन पक्ष आइतबार सर्वोच्च अदालत जाने

निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसको संस्थापन पक्ष आइतबार सर्वोच्च अदालत जाने
फाइल तस्बिर

काठमाडौं : निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष आइतबार सर्वोच्च अदालत जाने भएको छ। आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ २ गते आयोगले गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको ठहर गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए।

महतले भने, ‘हामी भोलि नै निर्वाचन आयोगको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ।’

 उनले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने जानकारी गराए। उनले बैठकले निर्वाचन आयोगले आफूलाई नबोलाइ कथित विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको दाबी गरेको बताए।  

उनले भने,‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो। निर्वाचन आयोगको आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित निर्णय हो।’

निर्वाचन आयोगले आफ्नो पक्षलाई नबोलाइ निर्णय गरेकोप्रति आपत्ति जनाएको छ। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई आधिकारिकता प्रदान गर्दै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा दिएको थियो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.