नेकपाले दोलखामा विशाल खड्कालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने
दोलखा : एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय नेतृत्व तथा जिल्ला कमिटीको छलफलपछि खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। पार्टीले दोलखामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र विकास निर्माणका मुद्दालाई प्राथमिकतामा राख्दै उम्मेदवारी तय गरेको जनाएको छ।
जेनजी आन्दोलनपछि जिल्लाले खोजेको साझा उम्मेदवारी आफू भएको विशाल खड्काले बताए। सिफारिस भएका उम्मेदवारमध्ये आफ्नो नाम पहिलो नम्बरमा नै रहेको र पार्टीभित्र कुनै पनि विवाद नभएको पनि उनले बताए।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट दोलखा (१)बाट बागमती प्रदेशसभामा निर्वाचित बनेर वन तथा वातावरण मन्त्री बनेका खड्काले दोलखाको समग्र विकास, सुशासन र जनताको अधिकारका पक्षमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !