रवि लामिछानेले वारेसमार्फत चितवन २ मा गराए मनोनयन दर्ता
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गरेका हुन्।
सहकारीसम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने समयमा उपस्थित हुन नसक्ने कारण वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीका महानगर सभापति सीता ज्ञवालीले वारेस लिएर उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति कृष्ण भुसालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !