प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.६६ अंकले बढेर २७१६.२७ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ७१ वटा स्क्रिप्सको ४ लाख ३० हजार ६३ कित्ता सेयर २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो।
बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !