कोशीका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ

कोशीका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ
सुन्नुहोस्

सुनसरी : कोशी प्रदेशका विभिन्न जिल्लामा लागुऔषधको अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले अभियान तीव्र पारेको छ। सुनसरी, उदयपुर र धनकुटा जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरी जिल्लामा लागुऔषध कारोबार बढ्दै गएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले माघ ११ गते धरान–१७ बाट निर बहादुर दर्जी र किरण मगरलाई लागुऔषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले बताएका छन्। 

अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले उनीहरूको साथबाट १८० मिलिग्राम ब्राउन सुगर र ११९ पिस प्रतिबन्धित औषधी बरामद गरेको उनले बताए। इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–१९ बाट अविनाश चौधरीलाई ४३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनी लागुऔषधको सञ्जालसँग जोडिएको आशंका गरिएको छ।

उदयपुर जिल्लामा पनि लागुऔषध विरुद्धको निगरानी कडा बनाइएको छ। प्रहरी चौकी लालपत्ताबाट खटिएको गस्ती टोलीले त्रियुगा नगरपालिका–११ का सविन राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथमा रहेको बा ९५ प ६२९१ नम्बरको मोटरसाइकलबाट १५० एम्पुल प्रतिबन्धित औषधी फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए।

धनकुटा जिल्लामा भने ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले सहिदभूमि गाउँपालिका–५ का रोहन राइलाई १३ किलो ४०० ग्राम लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ। 

पक्राउ परेकाहरुलाई सम्बन्धित प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  लागुऔषधको बढ्दो दुर्व्यसन र अवैध कारोबार समाजका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि निरन्तर अभियान जारी राख्ने सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.