सेयर बजारमा सामान्य करेक्सन, १६ अर्ब ३५ करोडको कारोबार

सेयर बजारमा सामान्य करेक्सन, १६ अर्ब ३५ करोडको कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार ५७.५५ अंकले बढेको नेप्से परिसूचक यसदिन  ३:०७ अंकले घटेर २७६९.०९ विन्दुमा अडिएको  छ। 

नेप्से परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम भने आइतबार तुलनामा वृद्धि भएको छ। यसदिन ३३२ वटा स्क्रिप्सको ३ करोड ६२ लाख  ६४ हजार ८७३ कित्ता सेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार  ४६६ रुपैयाँमा खरिदबिक्री भए। आइतबार १३ अर्ब ७८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ८८ वटा स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य स्थिर रह्यो। पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाई प्यानल नेपाल,हिमस्टार उर्जा,सान्भी इनर्जी,सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा  हिमालयन पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। आँखु खोला जलविद्युत कम्पनीले ५६ करोड मूल्य बराबरको सेयर कारोवार गर्दा  मञ्जुश्री फाइनान्सले ५२ करोड,एसवाइ प्यानल नेपालले ५० करोड र बन्दिपुर केवलकार एण्ड टुरिजमको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

चारवटा समूहको उपसूचक बढ्दा ९ समूहको उपसूचक नकारात्मक देखिए। होटल्स एण्ड टुरिजम,हाइड्रोपावर,मनु एण्ड प्रो र म्युचुअल फण्डको सेयर बढेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.