उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा
काठमाडौं : काठमाडौंको दरबारमार्गमा रहेको उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा आएको छ। होटलको माथिल्लो तल्लामा रहेको डान्स क्लबमा बिहीबार बिहान आगलागी भएको थियो। आगलागीका कारण डान्स क्लब पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
आगलागी नियन्त्रणका लागि चारवटा दमकल,स्थानीय र प्रहरी खटिएका थिए। आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !