गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ

गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ

गुल्मी : गुल्मीमा तीन महिने शिशुको हत्या गरिएको छ। जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा मादक पदार्थ सेवन गरी आफ्नै तीन महिनाको नाबालक छोराको आफ्नै बाबुले हत्या गरेको खुलेको छ। 

गएराति करिब ८ बजेको समयमा ४६ वर्षीय सन्तबहादुर कुमालले मापसे सेवन गरी तीन महिनाका छोरा सुवास कुमाललाई भुइँमा पछारेर शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए।

उनका अनुसार घटनापछि सन्तबहादुर कुमालकी जेठी छोरी सरिता कुमालले प्रहरी चौकी हस्तिचौरमा जानकारी गराएकी थिइन्। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको दुई जनाको टोलीले अभियुक्त बाबु सन्त बहादुरलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। शिशुको शव घटनास्थलमै सुरक्षित राखिएको छ। 

घटनाको स्पष्ट कारण खुल्न नसकेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.