विधिको शासन स्थापित गर्ने अभियान सुरु भयो : गगन थापा

विधिको शासन स्थापित गर्ने अभियान सुरु भयो : गगन थापा

विराटनगर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुशासन समाप्त गर्दै विधिको शासन स्थापित गर्ने नयाँ अभियान सुरु भएको बताएका छन्। 

थापाले सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कांग्रेसले कुशासन र भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा विधिको शासन स्थापित गर्ने अभियान सुरु गरेको बताए। उनले कार्यकर्तालाई गाउँगाउँ पुगेर जनताको भावन बुझन्, प्रश्न सुन्न र जवाफ दिने निर्देशन दिएका छन्। सभापति थापाले आफ्नो मन्तव्यमा भने, ‘गाउँगाउँबाट ‘कांग्रेसले के गर्छ?’ भनेर सोधिएको छ। हामी कुशासन अन्त्य गर्दै विधिको शासन लागू गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं।’

उनले विगतमा पंगु बनाइएका निकायहरूमा सुधार ल्याउने र जनमुखी सेवा प्रवाह सुनिश्चित गर्ने योजना पनि अघि सारे। थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत र महान्यायधिवक्ताको कार्यालय लगायतलाई सेवा द्रुत र सजिलो बनाउने उद्देश्यले सुधार गर्ने बताएका छन्। उनका अनुसार कांग्रेसले संविधानको निरन्तरतालाई सुनिश्चित गर्दै प्रदेशलाई सबल बनाउने, दलित, मुस्लिम, अल्पसंख्यक, मधेशी र महिलाका हक अधिकार सुनिश्चित गर्ने र धर्म तथा संस्कृतिको संरक्षण गर्ने योजना अघि सारेको छ।

सभापति थापाले २०८२ साल फागुन २१ पछिका ५ वर्षलाई 'भ्रष्टाचारविरुद्धको महाअभियान’को वर्ष बनाउने योजना रहेको पनि सार्वजनिक गरे। उनले कांग्रेसमात्रै सबैलाई जोड्ने क्षमता राख्ने पार्टी भएको दाबी गर्दै बहुमतका साथ जिताउन कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवा, महिला, दलित, अल्पसंख्यक र मधेशीको भविष्य सुरक्षित रहेको भन्दै सबैलाई कांग्रेसमा आउन आह्वान गरे। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सरिता प्रसाईं, ज्ञानेन्द्र कार्की, भीष्मराज आङ्देम्बे, विजयकुमार गच्छदार र गुरुराज घिमिरेले वर्तमान संकटबाट देशलाई बाहिर निकाल्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताए। 

कार्यक्रमका सहभागी नेताहरूले सडक, खानेपानी, विद्युत् र कृषि क्षेत्रमा भएका विभिन्न विकास कार्यको तथ्य प्रस्तुत गर्दै, देशमा ‘कुनै काम भएन’ भन्ने भ्रम फैलाउने प्रवृत्तिको आलोचना गरेका छन्। कांग्रेसले यस अभियानमार्फत गाउँगाउँ पुगेर जनताको विश्वास जित्ने र कुशासनको अन्त्य गर्दै विधिको शासनलाई दृढता प्रदान गर्ने लक्ष्य अघि सारेको नेताहरूले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.