उनेपाको घोषणापत्र : मुख्यमन्त्री नराख्ने, सांसद संख्या घटाउने

राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था प्रस्ताव

उनेपाको घोषणापत्र : मुख्यमन्त्री नराख्ने, सांसद संख्या घटाउने
फाइल फोटो

काठमाडौं : उन्यालो नेपाल पार्टी (उनेपा) ले मुख्यमन्त्री नराख्ने र प्रतिनिधिसभाका सांसदको संख्या कटाउने अवधारणासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

उनेपा अध्यक्ष कुलमान घिसिङले आइतबार सुशासन, समृद्धि र सामाजिक न्यायलाई जोड दिँदै घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा प्रदेश सभा सदस्य संख्या ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सीमित गरिनु पर्ने घोषणा पत्रमा उल्लेख छ । यस्तै राज्यमन्त्री तथा सहायक मन्त्री नराख्ने व्यवस्था घोषणापत्रमा उल्लेख छ । 

प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको घोषणापत्रमा जनाइएको छ । संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढिमा ७ सदस्यीय हुने पनि घोषणापत्रमा छ । घोषणापत्रमा अर्थतन्त्रको सुदृढिकरण र रोजगारीको अवसर सिर्जना गर्नका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने उनले अध्यक्ष घिसिङले बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.