गुल्मीमा कुखुराको मासुको मूल्य बढ्यो

गुल्मीमा कुखुराको मासुको मूल्य बढ्यो

गुल्मी : गुल्मीमा कुखुराको मासुको मूल्य बढेको छ। पहिले प्रतिकिलो ४ सय २० रुपैयाँमा बिक्री हुँदै आएको कुखुराको मासु अहिले बढेर  प्रतिकिलो ४ सय ४० रुपैयाँमा पुगेको छ।

सोमबार गुल्मी वाणिज्य संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष तारा प्रसाद भुसाल, गोपाल भुसाल, महासचिव चेतनारायण पाण्डे, होटल व्यवसायी मञ्चका अध्यक्ष जंग बहादुर कुँवर, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्री मासु व्यवसायी संघका अध्यक्ष लिल बहादुर बस्नेतसहित बसेको बैठकले कुखुराको मासुको मात्रै मूल्य निर्धारण गर्ने निर्णय गरेको हो।

पछिल्लो समय कुखुरा पाल्ने कृषकहरूको संख्या घटेको र तम्घास बजारमा कुखुराको मासु अभाव भएको मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष लिल बहादुर बस्नेतले बताए। बजारमा कुखुराको मासुमा उपभोक्ताको माग बढे पनि कुखुराको आपूर्ति कम भएको कारणले मासुको अभाव सिर्जना भएको बताए। अहिले बजारमा कुखुराको अभावले कृषक, व्यवसायी र उपभोक्ता सबै मार खेपिरहेका छन्। बजारमा प्रशस्त कुखुरा उपलब्ध हुनसाथ आफूहरूले मासुको मूल्य घटाउन तयार रहेको अध्यक्ष बस्नेतले बताए।  

तीन महिना पहिले पर्याप्त मासु र कुखुरा हुँदा मासुको मूल्य ४ सय ४० रुपैयाँबाट घटाएर प्रतिकिलो ४ सय २० रुपैयाँ निर्धारण गरिएको थियो। होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंग बहादुर कुँवरले मासुको मूल्य वृद्धि गर्नु अहिले बाध्यता रहेको बताए। उनले बजारमा उपभोक्ताको माग अनुसार कुखुरा उत्पादन र मासु उपलब्ध गराउन सबैले पहल कदमी र कुखुरापालक कृषकको संख्या बढाउनु पर्ने बताए। 

अहिले तम्घास बजारमा खसि बोकाको मासुको मूल्य प्रतिकेजी ९ सय २० रुपैयाँ कायमै रहेको छ। गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठले अहिले मासु उत्पादक कृषकलाई फाइदा पुग्ने गरी नयाँ मूल्य निर्धारणको सहमति भएको बताए। उनले व्यवसायी, उपभोक्ता र कृषक सबैलाई मर्का नपर्ने गरी सबैको सहमतिमा मूल्य बढाएको बताए।

नयाँ निर्धारण गरिएको कुखुराको मासुको मूल्य फागुन ५  गतेदेखि कायम हुने बताइएको छ। कुखुराको मासुका लागि छिमेकी जिल्ला अर्घाखाँची र रुपन्देहीमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको छ। केही दिनअघि छिमेकी जिल्लामा समेत कुखुराको मासुको मूल्य वृद्धि भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.