सर्वोच्चको निर्णयलाई चुनौति दिंदै ट्रम्पले लगाए सबै देशलाई नयाँ शुल्क

सर्वोच्चको निर्णयलाई चुनौति दिंदै ट्रम्पले लगाए सबै देशलाई नयाँ शुल्क
फाइल फोटो
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा आफ्नो पोस्टमार्फत यो जानकारी दिएका हुन् ।

यो तत्काल लागू हुने उनले बताएका छन् । यसअघि शुक्रबार नै ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्थामा प्रयोग हुने कानूनअन्तर्गत लगाइएका केही ट्यारिफहरूलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको भन्दै ती स्थानमा १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाउने आदेशमा हस्ताक्षर गर्ने बताएका थिए । समाचार ब्रिफिङमा बोल्दै ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि कडा टिप्पणी गरे ।

उनले अदालत विदेशी हितबाट प्रभावित भएको आरोप लगाउँदै सर्वोच्च अदालतको ट्यारिफसम्बन्धी फैसला अत्यन्त निराशाजनक रहेको बताए । अमेरिकी सर्वोच्च अदालतले शुक्रवार ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालीन अवस्थाका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गत लगाएका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको थियो ।

यो नयाँ १० प्रतिशत ट्यारिफ फेब्रुअरी २४ देखि लागू हुने र यो अस्थायी (१५० दिनसम्म) हुने बताइएको छ । केही वस्तुहरू (जस्तै ऊर्जा, औषधि, अटोमोबाइल, एरोस्पेस) र (अमेरिका–मेक्सिको–क्यानडा सम्झौता) अन्तर्गतका सामानहरूमा छुट रहने जनाइएको छ । यो ट्यारिफ १९७४ को व्यापार ऐनको सेक्सन १२२ अन्तर्गत लगाइएको हो । यो घटनाले विश्व व्यापारमा नयाँ अनिश्चितता थपेको छ भने अमेरिकी अर्थतन्त्र र उपभोक्तामा प्रभाव पार्न सक्छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.